देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दर्ता हतियार बुझाउने क्रम जारी

देशान्तर

गौशाला । सयाँैको सङ्ख्यामा इजाजतपत्र सहित हतियार रहेको महोत्तरी जिल्लामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकै जाँदा १४ जनाले हतियार बुझाएका छन् ।

स्थानीय निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा रहेको हतियार बुझाउन गरेको सूचनानुसार ती हतियार बुझाइएको प्रजिअ वीरेन्द्र यादवले बताए । कार्यालयका अनुसार महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ थान हतियार राखेका थिए ।

स्थानीय निकायको चुनावलाई ध्यानमा राखी कार्यालयले हतियार बुझाउन सूचना जारी गरे पनि अरुले हतियार बुझाएका छैनन् । जिल्लामा अनुमति प्राप्त हतियारमा पेस्तोल १२, बाह्र बोरको एकनाले बन्दुक १८०, दुई नाले बन्दुक १२३, बाइस बोरको एकनाले बन्दुक ६, भरुवा बन्दुक एक नाले दुई, हावादारी बन्दुक नौ हतियारको अनुमति रहेको कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा हतियार राख्नेमा सदरमुकाम जलेश्वर नगरपालिका तथा गौशाला र बर्दिवास नगरपालिकाका विभिन्न वडाका साथै साबिकका पिपरा, डाम्हीमडै, सुन्दरपुर, धिरापुर, पर्सापतैली, एकरहिया, रामगोपालपुर, सम्सी, मनरालगायतका बासिन्दा छन् ।

जिल्लामा सयौँंको सङ्ख्यामा हतियार रहे पनि वैशाख २० गतेसम्म तीन जनाले हतियार बुझाएको र अरु कसैले बुझाउने चासो नदेखाएपछि कार्यालयले पत्र काटेर नै हतियारधारी व्यक्तिलाई हतियार बुझाउन अनुरोध गरेको थियो ।