देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बजेट अधिवेशन आजदेखि

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसदमा बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आव्हानको लागि पठाएको पत्र वाचन गर्दै छलफल सुरु हुने भएको छ। संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार दिउँसो एक बजे बैठक सुरु हुनेछ।

बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४/७५ को बजेट समेत पेस गरिनेछ। आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा मंगलवार छलफल हुने प्रवक्ता गौतमले बताए । जेठ ११ गते राष्ट्रपति भण्डारीबाट आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम पेस गरिनेछ।

जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ। कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट पेस गरिनेछ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।