देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकी ग्रीनकार्ड त्यागेर उमेदवार बनेकाले एमाले जिल्ला अध्यक्ष हराए

देशान्तर

काठमाडौं । सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ। एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशलाल तामाङ्सँग पराजित भए। त्यसमाथि विजयी तामाङ दस वर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन्। चुनावअघि ग्रिनकार्ड त्याग्दै उनी कांग्रेसबाट एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि चर्चामा आएका हुन् ।

५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले जिवयी भएका हुन्। नेपालले ५१६५ मत ल्याएका थिए । उनी दुई वर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फर्किएका थिए। जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए। २०३६ सालमा नेविसंघको इकाइ सभापति बनेर राजनीति थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए ।

नेविसंघ अध्यक्ष हुँदै २०५७ मा कांग्रेस जिल्ला सचिव बनेका तामाङ २०५४ को स्थानीय चुनावमा इलाका नम्बर ६ बाट जिविस सदस्यमा निर्वाचित भएका थिए। ‘माओवादीको जनयुद्वका कारण अमेरिका गएको हुँ,’ तामाङले भने, ‘माओवादीले ज्यान मार्ने धम्की दिए। त्यसपछि लुक्न राजधानी पुगेँ। तर त्यहाँ पनि माओवादीले सताएपछि देशै छोड्न बाध्य भएँ।’ २०५९ सालमा गाउँबाट बिस्थापित भएका तामाङ अमेरिका पुगेका थिए। नागरिकमा समाचार छ ।