देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङले वडा अध्यक्ष पदका उम्मेदवार टुङ्गो लगायो

देशान्तर

दाङ । नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्राप्त विवरण अनुसार वडा नं १ मा फल्कुदत्त भण्डारी, २ मा राजु आचार्य, ३ मा तर्नबहादुर खड्का, ४ मा चित्रा गिरी, ५मा वीरेन्द्र शाह, ६ मा लोकराज डाँगी, ७ मा टोपबहादुर केसी, ८ मा बेदु केसी, ९ मा घनश्याम ढकाल रहेका छन् ।

त्यसैगरी वडा नं १० मा कुमार लामिछाने, ११ मा चित्रबहादुर वली, १२ मा पुष्पराज गिरी, १३ मा डम्बर न्यौपाने, १४ मा पर्शुनारायण चौधरी, १५ मा भागवत रेग्मी, १६ मा गणेश चौधरी, १७ मा थलराज पुरी, १८ मा हिमबहादुर डाँगी र १९ मा पदम वली रहेका छन् तर नगरप्रमुख र उपप्रमुखको नाम भने अझै टुङ्गो लाग्न सकेको छैन् ।

यसअघि नेकपा माओवादी केन्द्र र नयां शक्ति पार्टीले भने जिल्लाका १० वटै तहका उम्मेदवार सार्वजनिक गरिसकेको छ ।