देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वअर्थमन्त्री देखी मधेसवादी नेताको नजरमा यस्तो छ बजेट

देशान्तर

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४ ७५ का निम्ति १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको उक्त बजेटप्रति पूर्व अर्थमन्त्री तथा मधेशी दलहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।
‘बजेट कूलो हुनु चिन्ताको विषय हो । जति ठूलो भयो कार्यान्वयनमा उति नै अप्ठेरो हुन्छ ।’
(रामशरण महत, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस)

‘स्थानीय निकायलाई बजेट चलाउन दिनु सकारात्मक हो ।’
(भरतमोहन अधिकारी पूर्व अर्थमन्त्री तथा नेता, एमाले)

‘लक्षित बजेट उठ्न नसके कार्यान्वयनमा समस्या हुन्छ ।’
(महेश आचार्य, पूर्व अर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस)

‘संघीय ढाँचामा बजेट आउन सकेन ।’
(उपेन्द्र यादव नेता, संघीय समाजवादी फोरम)

‘अहिलेको बजेट कार्यान्वयन भए राम्रो हो ।’
(भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासँघ)

‘बजेट मधेसमुखी भएन ।’
(सर्वेन्द्रनाथ शुक्ला, नेता, राष्ट्रिय जनता पार्टी
आजको समाचार पत्र दैनिकमा समाचार छ)।