देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोश्रो चरणको निर्वाचन पुनः पाँच दिन सर्‍यो, असार १४ गते निर्वाचन

देशान्तर

काठमाडौँ । जेठ ९ गतेका लागि दोश्रो चरणको निर्वाचनको मिति सारेको दुई दिनपछि मन्त्रिपरिषद बैठकले फेरि पाँच दिन पर सारेको छ । असार १४ गते दोस्रो चरणको निर्वाचन गर्ने बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

असार ९ गतेका लागि निर्वाचन सारेको दुई दिनपछि नै पुनः निर्वाचनको मिति सारिएको हो। बैठकपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले असार १४ गतेका लागि निर्वाचनको मिति सारिएको जानकारी दिए।

यसअघि जेठ १५ गते सरकारले जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको थियो। मुस्लिम धर्मालम्वीको पर्व रमजान परेको भन्दै निर्वाचनको मिति पुनः सार्न माग भइरहेको थियो।