काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ ।
दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो ।
दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार करिब आधा घन्टा भएको भेटवार्तामा सरकार सञ्चालनका लागि समान नीति बनाउने र शनिबार बिहान ११ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने सहमति भएको छ ।
सोही सहमतिअनुसार शनिबार नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपाका नेताबीच बैठक गरी सहमति खोज्ने प्रयास गरिनेछ । सरकारले निरन्तर राजपालाई निर्वाचनमा आउन आग्रह गर्दै आएको छ ।





प्रतिक्रिया