देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयुर्वेदको सबैभन्दा राम्रो एन्टिबायोटिक बेसारलाई दुधमा मिसाएर खादा हुने फाइदाहरु यस्तो छ

देशान्तर

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दूधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ। यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दूधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यी फाइदा हुन्छन्ः

१ दैनिकरुपमा एक गिलास दूधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ। जसले हड्डी स्वस्थ तथा मजबुत बनाउन मद्दत गर्दछ।

२ बेसार र दूध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ। यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि यसले कम गर्दछ।३ दूध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन्। विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दूधले सहयोग गर्दछ।

४ बेसार हालेको दूध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ।

५ दूध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ। शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

६ अनुहारलाई चम्किलो बनाउन बेसार तथा दूधले सहयोग गर्दछ। बेसारमा दूध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।

७ आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ। यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ।

८ दैनिक एक गिलास दूधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ। यस कारण मोटोपन घटाउन पनि बेसार र दूध प्रयोग गर्न सकिन्छ।

९ छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दूध उपयोगी मानिन्छ।

१० दूध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ।

११ महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दूध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दूध तथा बेसारले सहयोग गर्दछ।

१२ चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दूध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।