देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर फर्छ्यौट ऐन संशोधन गनुपर्छ: अर्थ समिति

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट ऐन संशोधन गर्नको लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यही ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

कर फर्छ्यौट ऐन २०३३ मा आवश्यक संशोधन गर्न परेका कारण त्यसलाई संसोधन गर्न बिहिबार बसेको अर्थ समितिको बैठकले निर्देशन दिएको हो ।

कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता अधिकारसम्पन्न अधिकार दिएका कारण यसलाई आवश्यक संशोधन गर्न परेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताए ।

उनले भने ‘कर फर्छ्यौट ऐन समसामयिक बनाउनको लागि आवश्यक संसोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिनुका साथै यो ऐन संशोधन नभएसम्मका लागि अर्काे कर फर्छ्यौट आयोग पनि गठन नगर्न दिने निर्णय गरिएको छ ।’

कर छुटको विवादमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ । उनी तत्कालीन कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा थिए ।