देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीका मतदाता कसरी मत हाल्ने भन्ने अन्यौलमा

देशान्तर

कैलाली । कैलालीको दक्षिण पूर्वी क्षेत्रका स्थानिय मतादाता निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् । स्थानिय तहको निर्वाचन हुन ११ दिन मात्र बाँकी रहदा सम्म पनी कैलालीका अधिकाशं मतदाताले मतदाता शिक्षाको बारेमा ज्ञान नपाउदा अन्यौलमा परेका छन ।

 

लामो मतपत्र रहेको र कसरी मतपत्रमा स्वस्तीक छाप लगाउने भन्ने बारेमा स्थानिय अन्यौलमा परेका हुन । बिभिन्न राजनितिक दलका उम्मेदावारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरकिाले मतदाताका बिच जाने गरेको भएपनी जिल्ला निर्वाचन कार्यालयले खटाएका भनीएका मतदाता स्वयम सेवक स्थानियको घरदैलोमा पुग्न सकेका छैनन् ।

 

स्रोतका अनुसार मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयम सेवक पनी कसैको घरमा जाने कसैको घरमा नजाने भेटीएको छ ।

 

निर्वाचन आयोगले मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्याममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेपछि जिल्लाको पुर्बि दक्षिणि भेगका ग्रामिण बस्तीमा मतदाता शिक्षा प्राय शुन्य देखिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीको बिभेदकारी नितिका कारण निर्वाचनमा अधिकाशं मत बदर हुने सम्भावना छ ।

 

मतदातालाई मतदानमा सहयोग पुग्ने निर्बाचन सम्बन्धी रेडियो कार्यक्रम, निर्वाचनमा मतदाता, राजनितिक दल र उम्मेदावारले गर्न हुने – नहुने सम्बन्धी जनचेतना मुलक सुचना र रेडियो जिङ्गल समेत जिल्ला निर्वाचन कार्यालयले आफुखुसि सदरमुकाम केन्द्रित गरी बाडेको छ । सदरमुकाममा भन्दा बढी सञ्चार माध्यम रहेको जिल्लाको मध्यवर्ती क्षेत्र, दक्षिणपूर्वी क्षेत्रमा भने जिल्ला निर्वाचन कार्यालय कैलालीले विभेद गरेको पाइएको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदानमा पर्ने निश्चित देखिएको छ ।