काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत यु होङबिच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको छ ।
आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वा्चित भएदेखि नै दुई छिमेकी बिचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताएका छन ।
प्रधानमन्त्रीमा निर्वा्चित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै उनले आफ्नो १० महिने प्रधानमन्त्री काल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे ।
राजदूत होङले अध्यक्ष दाहालको प्रधानमन्त्री कालमा नेपाल र चीनबिचको सम्बन्ध थप बलियो बनेकोमा खुशी व्यक्त गरे ।
उनले दाहालको १० महिने प्रधानमन्त्री काल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार राख्नुभएको दाहालको निजी सचिवालयले जनाएको छ ।





प्रतिक्रिया