निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका राष्ट्रिय जनता पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पनि उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ताका क्रममा रुपन्देहीमा राष्ट्रिय जनता पार्टीका समर्थक र रोल्पामा चन्द नेतृत्वको नेकपा कार्यकर्ताले उम्मेदवारी दर्ता गराएका हुन् ।
रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाँउपालिकाको प्रमुख, उप–प्रमुख लगायतका पदमा राजपाका कार्यकर्ताले स्वतन्त्र उमेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यो चुनावमा उम्मेदवारी दिएको छ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा चन्द नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएको बताइएको छ । नेकपा निर्वाचन आयोगमा दल दर्ता नभएकाले घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।





प्रतिक्रिया