देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झिसमिसेमा बालुवाटार सरे प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ । प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नुभएको छ देउवा आज बिहान ५ः२० बजेको साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ । उनी जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि देउवा निवास बुढानिलकण्ठमा बस्दै आएका थिए । सरकारी निवासको रङरोगन र मर्मतपछि देउवा आज बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्री निर्वाचित भएसँगै सरकारी निवास सर्ने प्रचलन भए पनि देउवा १४ दिनपछि सरकारी निवास सरेका हुन् । सचिवालयका केही कर्मचारसँगै सोमबार मिरमिरे उज्यालोमा प्रधानमन्त्री सरकारी निवास प्रवेश गरेका हुन् । सरकारी निवास प्रवेशसँगै हिन्दु परम्पार अनुसार पूजा गरिएको छ ।

प्रधानमन्त्री सर्नुअघि सात वर्षदेखि हुन नसकेको सरकारी निवासको मर्मत र रङरोगन समेत गरिएको छ । सरसफाई र पेन्टिङका कारण पनि निवास सर्न केही ढिला भएको सचिवालयको भनाई छ । यसअघि ज्योतिषले निवास सर्ने उपयुक्त साइत नभएको बताएपछि निवास नसरेको चर्चा थियो ।