देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आचारसंहिता बिपरित गृहमन्त्री शर्मा चुनाब प्रचारमा

देशान्तर

काठमाण्डौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता बिपरित गृहमन्त्री जर्नादन सर्माले माओबादी केन्द्रका उमेद्वारहरुको प्रचार प्रचारमा लाग्नु भएको छ ।

 

सुरक्षा गोष्ठीमा सहभागी हुन नेपालगन्ज पुग्नुभएका गृहमन्त्री जनार्दन शर्मा नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएपछि निर्वाचन आचारसंहिता उल्लंघन भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

 
सर्मा हिजो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा अवस्था बारे छलफलगर्न राखिएको सुरक्षा गोष्ठी भागलिन गएका थिए ।

 
गृहमन्त्री शर्माले राति १० बजे खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गर्नुभएको माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज आईपी खरेलले जानकारी दिए ।

 
मन्त्री सर्माले हिजो रनियाँपुरको सभालाई सम्बोधन गर्नुभएको थियो भने आज बिहान बैजनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर धनगढीतर्फ लागेका छन ।

 
निर्वाचन आचारसंहिताविपरीत चुनावी सभामा हिँडेको भन्दै विरोध भएपछि गृहमन्त्री शर्माले केही मिनेटमै बैजनाथ गाउँपालिको मञ्च छाडेर धनगढीतर्फ लागेको स्थानीयले बताएका छन् ।