देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन महिला निर्विरोध निर्वा्चित, ताप्लेजुङमा काँग्रेसले खोल्यो खाता

देशान्तर

ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाका तीनवटा वडाबाट तीनजना दलित महिला सदस्य निर्विरोध निर्वा्चित भएको नेका ताप्लेजुङले जनाएको छ ।

 

निर्विरोध निर्वा्चित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो ।

 

विजयी सुरुवातसँगै ती वडामा काँग्रेसले विजयी उत्सव मनाउन थालेका छन् । मिक्वाखोला–३ मा विजयी बन्नुभएकी लक्षीमाया विश्वकर्मालाई सोमबार बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको थियो ।