देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक लाख १४ हजार मतदाता रहेको बिराटनगरमा एक्लो कांग्रेस नै काफि

देशान्तर

राजनितिक ईतिहांस बोकेको बिराटनगर माहानगरपालिकामा कांग्रेस पछार्न बिपक्षीदल एमाले देखि राप्रपा नेपाल सम्मका राजनितिकदलहरु तालमेल गर्दै चुनाबी प्रचारमा जुटेका छन ।

 

तर,एक्लै चुनाबी मैदान उत्रिएको नेपाली कांग्रेस तालमेल गठबन्धनका अगाडी भारी बन्दै गएको छ । कांग्रेसको एक्लो प्रतिश्पर्धा र अन्य राजनीतिक दलहरुबीच गठबन्धनका कारण पनि विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 
नेकपा एमाले र लोकतान्त्रिक फोरम नेपाल,संघीय समाजवादी फोरम नेपाल र नेकपा माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

 
विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने निर्वाचन प्रचारमा खटिएका कार्यकताहरु नै बताउछन ।

 
यस्तै राजनीतिक दलबाट किट नपाएपछि स्वतन्त्र रुपमा उठेका उमेद्वारहरुले पनि चारदलका उमेद्वारहरुलाई समस्या देखिएको छ । एक लाख १४ हजार मतदाता रहेको बिराटनगरमा नेपाली कांग्रेस भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । गठबन्धन गरेका अन्य प्रमुखदल र स्वतन्त्र उमेद्वारलाई पछाडी पार्दै जित निकाल्ने रणनितिमा रहेको कांग्रेस नेताहरु बताउछन ।

 
काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरका १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अन्य दलले पनि सोही अनुरुप वडाहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।