कठकाण्डौँ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन आउन थोरै दिन मात्र बाँकी भएकाले दलहरु मतदाता तान्न दौडधुपमा लागेका छन् । प्रमुख राजनितिक दलका शिर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउने जिम्मेवारीसहित तोकिएको क्षेत्रमा प्रचारप्रसार गर्न पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा समेत ६ दिन विभिन्न जिल्लामा खटिनु हुनेछ भने कांँग्रेले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाको जिम्मेवारी पार्टीले दिएको छ । कांग्रेसका सबै केन्द्रिय नेताहरु यतीबेला पार्टीले तोकेका निर्वाचन क्षेत्रमा खटेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा, वरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ इलाम खटिनु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्पर्क मञ्चको जिम्मेवारी दिइएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललई कैलाली, कञ्चनपुर, मोरङ, कृष्णबहादुर महरा दाङ, देव गुरुङ बाग्लुङ, वर्षमान पुन रुकुम, गिरिराजमणि पोखरेल मोरङ, टोपबहादुर रायमाझी अर्घाखाँची, शक्ति बस्नेतलाई बाँके र बर्दियाको जिम्मेवारी तोकिएको छ ।





प्रतिक्रिया