देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपाका केन्द्रीय उपाध्यक्षसहित ६ जना पक्राउ

देशान्तर

नवलपरासी । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपपमा प्रहरीले नवलपरासीको परासीबाट बिहीबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका ६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोजक पुरन चौधरी, विजय अग्रहरी, राधेरमण पाण्डे, ओमप्रकाश चौधरी र अभिमन्यु यादव रहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

उनीहरुलाई परासी सदरमुकामको मञ्जरीयाचोकबाट पक्राउ गरिएको हो । गाडी र मोटरसाइकलमा कालोझन्डा राखेर स्थानीयलाई डर–धम्की दिँदै निर्वाचनविरोधी क्रियाकलाप सन्चालन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।