देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न सक्दैन: ओली

देशान्तर

झापा । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न नसक्ने बताएका छन् । बिहीबार झापाको गौरादहमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेले नागरिकमा विकासको आशा जगाएको दाबी गरे ।

जनताका हरेक दुखको हल गर्न आफू तयार रहेको बताँउदै ओलीले भने ‘खोलाले बिगार र्गयो, खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नुहोला ।’
ओली बितेका चार दिनदेखि झापाका दर्जन बढि चुनावी सभाहरु सम्बोधनमा व्यस्त छन् । उनले झापाका चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कनकाई, मेचीनगर, शिवसतासी, गौरादह र गृह नगर दमकका ठाँउठाँउमा आयोजित सभालाई सम्बोधन गरिकेका छन् ।

चुनावी भाषणमा ओलीले एमालेले विकासको युग शुरु गर्न लागेको बताउँदै स्थानीय तहमा एमालेको नेतृत्व स्थापित गर्न मतदाताहरुलाई आऋवान गरे । ओली बिहीबारै काठमाडौ फर्कदै छन् ।

एमालेका उम्मेदवारलाई मत माग्न ओलीकासाथ पूर्व मन्त्री एबं नेता अग्नी खरेल, काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितलगायत नेता भने अझै केहि दिन झापा बस्ने कार्यक्रम छ ।

यसैगरी पाँचदिन देखि कांग्रेस नेता कृष्ण सिटोैला पनि झापामा चुनावी सभाहरुमा ब्यस्त हुनुहुन्छ । सिटौलाले झापाका भद्रपुर, कचनकवल लगायतका ठाँउमा कांग्रेसले आयोजना गरेका साना—ठूला चुनावी सभाहरुलाई सम्बोधन गरेका छन ।

उता ओलीको गृह नगर दमकमा चुनावी सभालाई सम्बोधन गर्न १० असारमा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने माओवादी झापाले जनाएको छ ।