कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले) सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । मधेसीले केही माग राखेका पनी प्रधानमन्त्री देउवाले दुई तिहाइ नपुगी संविधान संशोधन हुन नसक्ने बताए ।
संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए ।
उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै अपर कर्णाली र पश्चिमसेती बन्ने बतानए । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउने दाबी गरे । महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी उनले समेत दिए ।
चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ ।





प्रतिक्रिया