देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले उम्मेदवार शर्माको घरमा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय

देशान्तर

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।