देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मताधिकार प्रयोग गर्न राष्ट्रपति भण्डारीको अनुरोध

देशान्तर

काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकी छिन।

 

राष्ट्रपतिले आज दिएको सन्देशमा देश सङ्घीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको बताईन् ।

 

उनले स्थानीय निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छिन् ।

 

“नेपाली जनताको लामो सङ्घर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढङ्गले सफल बनाउन आह्वान गर्दछु”, राष्ट्रपतिले सन्देशमा भनेकी छिन ।