मोरङ । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राख्नुभएको हो । उनलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका साथ पछ्याई रहेका छन ।
संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मत ल्याएका छन । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्कीले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गरेकी हुन् । उनलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मतसहित पछ्याई रहेकी छीन ।
लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत ल्याउनुभएको छ । यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।





प्रतिक्रिया