देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उद्योग वाणिज्य संघको विरुद्ध लम्कीमा अर्को समिति

देशान्तर

कैलाली । लम्की चुहा उद्योग वाणिज्य संघले समग्र लम्की वजारको विकास र वजार व्यवस्थापनमा चासो नदिएको भन्दै लम्कीमा व्यावसायीले आज लम्कीमा लम्की वजार व्यवस्थापन समिति गठन गरेका छन् । आज लम्की वजारमा भेला भएका व्यावसायीहरुले युवा व्यवसायी दिपक कुमार तिमिल्सेनाको अध्यक्षतामा ३१ सदस्यीय लम्की वजार व्यावस्थापन समितिको तदर्थ कमिटि गठन गरिएको हो ।

लम्की वजारमा रहेको व्यापारी, व्यावसायीको हक हित तथा लम्की वजार क्षेत्रमा रहेको विद्यमान समस्याहरुलाई पहल गरी व्यावस्थीत वजार निमार्णका लागी वजार व्यावस्थापन समिति गठन गरिएको आज गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

समतिले समग्र लम्की वजारको व्यावस्थापनमा विषेश पहल चाल्ने अध्यक्ष तिमिल्सेनाले वताए । नव गठीत समितिको उपाध्यक्षमा पुष्पराज तिमिल्सेना, सचिवमा मनिष न्यौपाने,कोषाध्यक्षमा सन्तोष कुमार ओली चयन भएका छन् ।

यसै गरी लम्की वजार व्यावस्थापन समितिको सदस्यहरुमा डिल्लीराम पौड्याल, रमेश रावल, कृष्ण थापा, विजय राठौर, राज व.शाही, मनिष थापा, अशोक डाङ्गी, प्रकाश विष्ट, तिलक देवकोटा, खेम खत्री, तपेन्द्र ढकाल, वखत भण्डारी, महेश रावल, जनक वुढा क्षेत्री, प्रकाश केसी, नारायण तिमिल्सेना, खकेन्द्र धमाला, सन्तोष सापकोटा, हृदय वजगाइ, काँशीराम ओली र दमनध्वज विष्ट लगायतका रहेका छन् ।

यसै गरी वैठकले लम्कीका व्यावसायी पंकज अग्रवालको असामयीक निधनमा शोक प्रस्ताव पारीत गर्दे एक दिने लम्की वजार वन्दलाई समर्थन गर्ने निर्णय समेत गरेको समितिका सचिव मनिष न्यौपानेले जानकारी दिए ।