देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओस्कार विजेता मार्टिन लान्डउको निधन

देशान्तर

ओस्कार विजेता मार्टिन लान्डउको निधन भएको छ। उनको ८९ आै‌ वर्षको उमेरमा लस एनजलसमा निधन भएको हो।

मार्टिनले फिल्म ‘एड उड’ बाट उत्कृष्ट सहायक कलाकारको ओस्कार  अवार्ड प्राप्त गरेका थिए। न्युयोर्कमा जन्मिएका उनले सुरुवाती वर्षहरुमा न्युयोर्क डेलीमा कार्टुनिस्टको काम गरे। न्युयोर्क डेली पश्चात उनी थ्रिएटर हुदैँ फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

उनले चर्चित सस्पेन्स नाटक ‘मिसन:इम्पोसिबल’मा सन् १९६६ देखी १९६९ सम्म काम गरेका थिए। उनका अन्य फिल्महरुमा ‘नर्थ बाई वेस्ट’, ‘टर्कर : द म्यान एण्ड हिज ड्रिम’, ‘स्पेस : १९९९’, आदि हुन्।

उनले ‘ट्र्कर : द म्यान एण्ड हिज ड्रिम’ बाट एकेडेमी अवार्ड समेत प्राप्त गरेका थिए।