देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालका नदी–नाला बेचेर आम्दानी गर्ने माओबादी केन्द्रका अध्यक्ष दाहालको यस्तो सोच

देशान्तर

काठमाण्डौ। बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा कम्पनीलाई दिएर राम्रै आम्दानी गरेका तत्कालिन प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरी नेपालका खोला–नाला बेचेर राम्रै आम्दानी गर्ने प्रस्ताब अघि सारेका छन ।   बुढीगण्डकी जलबिद्युत आयोजनाबाट जाँदाजाँदै गरेको भ्रष्टाचार र कमिसनको धङधङ्गीले नछोडर होलाई उनले चिनलाई एउटा राम्रो बिद्युत उत्पादन गर्ने खालको नदी दिनुपर्ने बताएका छन ।   माओवादी अध्यक्ष दाहालले यो कुरा हिजो उनकै पार्टीको जलस्रोत तथा उर्जासम्बन्धीको समितिले आयोजना गरेको कार्यक्रममा बताएका हुन । उनले चीनलाई ५ हजार मेगावाट उत्पादन गर्ने गरी एउटा नदी बेसिनमा दिन प्रस्ताब गरेका छन । तर, दाहालले कुन नदी चीनलाई दिने भन्ने कुरा भने बताएनन् । दाहालले २० अर्ब अमेरिकी डलर अर्थात २० खर्बभन्दा बढी ऋण चीन सरकारलगायत बाट हातपार्न पनि एउटा नदी चिनलाई दिनैपर्ने बताए । उनले यो ब्यवस्थाका लागि चीन सरकारलाई एउटा सानो नदी बेसिन दिएर करिब ५ हजार मेगावाट विद्युत आगामी १० वर्षभित्र बनाउन निर्माण र हस्तान्तरण (बिटी) नीति बनाई बनाउन दिने विषयमा ब्यापक सहमति जुट्ने समेत बताए । यसअघि दाहालले नै नेतृत्व गरेको सरकारले बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा कम्पनीलाई दिदा ब्यापक भ्रष्टाचार र कमिसनको खेल भएको चर्चा अहिले पनि सेलाउन पाएको छैन । १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो । तर, यो योजना बन्नेमा भने सबैले संका गरेका छन ।