देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने: अध्यक्ष थापा

देशान्तर

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा उनले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको उनले बाताए।

अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी छ भन्दै नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप लगाए ।

संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँग्रेस नियोजित रूपमा लागेका बताउदै उनले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली काँग्रेस र माओवादी केन्द्रको प्रोपोगण्डा भएको बताए ।

आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने अध्यक्ष थापाले प्रस्ट पारे ।