देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्ना सुझाव नसमेटी चिकित्सा शिक्षा विधेयक पारित गरे अमान्य: डा.केसी

देशान्तर

काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसीले माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु र आफ्नो सुझाव नसमेटे चिकित्सा शिक्षा विधेयक स्वीकार्य नहुने बताएका छन् ।

यो विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिमा विचाराधीन छ । विधेयकमा परेका संशोधनहरुबारे यो समितिको कार्यदलले आज अन्तिम रुप दिने तयारी गर्दैछ ।

त्यसको पूर्वसंध्यामा १८ दिनतदेखि अनसनरत डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।’

उनले व्यापारिक स्वार्थ अनुरुप विधेयक पास गराउने प्रयास भएको आरोप समेत लगाएका छन् । डा. केसीले आफ्नो अभियान कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित नभएको दाबी गरेका छन् ।

‘कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने आफ्नो मान्यता भएको केसीको तर्क छ ।

डा. केसीले ‘सही रुपमा’ चिकित्सा शिक्षा विधेयक नआउँदासम्म अनसन जारी रहने समेत बताएका छन् ।