देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्थायी शिक्षकको समस्या सदाका लागि अन्त्य गर्ने प्रयासमा छु : मन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको समस्या सदाका लागि अन्त्य गर्ने प्रयासमा आफु रहेको बताएका छन । उनले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेकाले चाँडै समस्याको अन्त्य हुँने पनि बताएका छन ।

नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए ।

शिक्षामन्त्री श्रेष्ठले लामो समयदेखि शैक्षिक पेशामा संलग्न शिक्षकको लागि यो सुनौलो अवसर रहेको र आवश्यक शिक्षक आयोगबाटै लिइने व्यवस्था शिक्षा मन्त्रालयको परिमार्जित नीतिमा रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल महिला संघ कास्कीका उपाध्यक्ष डाल्डादेवी भुजेल, निर्वाचन मण्डलका संयोजक चिन्तामणि शर्मालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकार भएका सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन ।