काठमाडौं । २३ दिनदेखिको अनशरत डा गोविन्द केसीका माागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष हस्तक्षेप गरेर सुखद निष्कर्षतिर पुर्याएका छन्।
तीनपटकसम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसँग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसँग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्याए। देउवाले डा। केसीले उठाएका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराए।
साँझ पाँच बजे सरकारले आकस्मिक रूपमा मनमोहन मेडिकल कलेज खरिद प्रक्रिया अगाडि बढाउन मुख्य सचिवको संयोजकत्वमा अर्थ, सार्वजनिक खरिद कार्यालय शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको कमिटी गठन गरेको छ। चिकित्सा शिक्षा विधेयक पारित गराउन मनमोहन मेडिकल कलेजका कारण बाधा पुगेको छ। नागरिक दैनिकमा समाचार छ ।





प्रतिक्रिया