देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डेङ्गु ज्वरो: पर्सामा चार महिलासहित १२ जना प्रभावित

देशान्तर

वीरगञ्ज ।  पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले प्रभावित भएका छन् ।
रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वर्षीय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी रहेका छन् ।

रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज–१ देखि १९ सम्म वडामा लामखुट्टेको बासस्थान खोजी सो रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालनमा ल्याएको जानकारी गराएकाछन् ।