देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दरखाने दिन

देशान्तर

काठमांडौ । आज तीजको दरखाने दिन रहेको छ । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दर खाने प्रचलन छ ।

भोलीपल्ट बस्ने हरितालिका तीजका अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक खानेकुरा खाने चलन छ।

टाढा टाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् ।

दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बसेको छ ।

हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।