देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यापार संघको अध्यक्षमा पुनः कार्की निर्वाचित

देशान्तर

काठमाडौं। नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित हुनुभएको छ ।

संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, पवन कुमार अग्रवाल, सुमित प्रधान र कोमल कुमार श्रेष्ठ, कोषाध्यक्षमा सोवित थापा र सहकोषाध्यक्षमा चिफबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा भिखारी साह बानिया, प्रमोद चौधरी, निरज बल्ल, हरिप्रसाद ज्ञवाली, कुमार थापा, निरन्जन सेढाई, सिता सापकोटा, कविराज कार्की, तेजप्रसाद आचार्य, उपेन्द्रराज श्रेष्ठ, हरिराज कँडेल, दिपकप्रसाद सापकोटा, दामोदर पन्त, अन्जन भण्डारी, खडानन्द भट्टराई, कुलबहादुर जिसी, पार्वती पोखरेल, वाङ्गछु शेर्पा, गुरुप्रसाद खतिवडा, लाक्पा छिरिङ्ग नेपाली, अनिल कुमार अग्रवाल, अरुण कुमार अग्रवाल, वल्लवप्रसाद वजगाई, पवनकुमार सेढीया र रोहीणी राज भण्डारी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कार्कीले व्यापार संघले आगामी दिनमा व्यापार व्यवसायी गर्नेहरुको हक हितका लागि सशक्त रुपमा लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशनको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गर्नुभएको थियो । रासस

––––––