देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा र मोदीबीच ‘वान टु वान’ वार्ता सुरु 

देशान्तर

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा दिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नै कार्यालय हैदरावाद हाउसमा स्वागत गरेका छन्। बिहीबार दिउँसो दुई नेताबीच वान टु वान वार्ता सुरु भएको हो।

यसैको तयारीस्वरुप भन्दै मोदीले देउवालाई बुधबार नै आकस्मिक रुपमा भेटेका थिए। उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ। आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्।

प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।