देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जापानमाथि क्षेप्यास्त्र पहिलो कदम : उत्तर कोरिया

देशान्तर

काठमाडौं ।  उत्तर कोरियाले जापानी भूभाग हुँदै प्रहार गरेको क्षेप्यास्त्र प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको “पहिलो कदम”भनेको छ।

त्यसबाट उत्तर कोरियाको अरु क्षेप्यास्त्र प्रहार गर्ने योजना रहेको संकेत मिलेको छ।

राज्य सञ्चालित मिडियाले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी गुआम क्षेत्रमा आक्रमणको धम्की दोहोर्याएको छ।

मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रले जापानको होकाइडो टापुमाथि हुँदै गएको समुन्द्रमा खसेको थियो।

भर्त्सना

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाले जापानमाथिबाट जाने गरि फ्याँकेको क्षेप्यास्त्रको भर्त्सना गरेको छ।

अमेरिकाले तयार पारेको विज्ञप्तीमा प्योङयाङमाथि थप नाकाबन्दी घोषणा गरिएको छैन।

तर सुरक्षा परिषदले प्योङयाङलाई थप क्षेप्यास्त्र प्रहार नगर्न र उसको आणविक हतियार कार्यक्रम रोक्न भनिएको छ।

पन्ध्र सदस्यीय परिषदले तनाव कम गर्न उत्तर कोरियाले तत्काल पाइला चालोस भनेको छ।

स्रोत विविसी