देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपाले निषेधको राजनीति त्याग्नु पर्छ: एमाले अध्यक्ष ओली

देशान्तर

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निषेधको राजनीति त्याग्न आग्रह गरेका छन् । उनले निर्वाचनका अनावस्यक बिबाद निकाल्दै एमालेमाथि अवरोध गरे त्यसको एमालेले प्रतिबाद गर्ने चेतावनी पनि दिए ।

उपचारका लागि थाइल्याण्ड पुगेर आज स्वदेश फर्केका अध्यक्ष ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमालेको कार्यक्रम बिथोल्न खोजे प्रतिबाद गर्ने चेतावनी दिएका हुन् । उनले संविधान संशोधन प्रक्रियामा सहभागी भैसकेपछि पनि राजपालाई परिणामलाई स्वीकार्न अफ्ठेरो परेको भन्दै एमाले प्रतिवादमा आउने बातावरण नबनाउन आग्रह गरे ।

अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्दा सरकार र निर्वाचन आयोग कसैले पनि छलफल नगरेको भन्दै ११ दिनको समय धेरै लामो हुने बताए । उनले दुई चरणमा भन्दा एकैचरणमा निर्वाच्न गर्नुपर्ने भन्दैै पहिलो चुनावले दोस्रोलाई चुनावलाई असर पुर्याउने बताए ।

निर्वाचन मन्त्रिपरिषदले निर्णय गर्ने भन्दा पनि दलहरुको परामर्शमा निर्वाचन आयोगले गर्नुपर्ने ओलीको धारणा छ । ओलीले सरकारको विश्वसनीयता कम हुदै गएकोले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।