देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढीले मोरङको कृषि क्षेत्रमा ५६ करोडको क्षति

देशान्तर

काठमाण्डौँ। बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् ।

तीन सय १७ हेक्टरमा रु नौ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३१३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा रु १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

एक सय १० हेक्टरमा रु एक करोड २७ लाख ६७ हजार मूल्यको जुटखेती, २४ हेक्टरमा रहेको केरा, कागती र मेवाखेती नष्ट हुँदा रु ७१ लाखको क्षति भएको छ । करिब दुई हजार किसानको घरमा पानी पस्दा सञ्चित गरी राखिएका रु एक करोडभन्दा बढीको ४९० मेट्रिक टन धान र गहुँ क्षति भएको छ ।

माउ र भुरा बाढीले बगाउँदा माछापालनमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिए । राटनगरमा वर्षासँगै पाँच दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा गणेश कोल्डस्टोरमा राखिएको एक हजार मेट्रिक टन आलुमा टुसा पलाएको र मेसिनमा समेत क्षति पुग्दा रु ५० लाख बराबरको नोक्सान भएको बताइएको छ ।