देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीभित्रको गुट उपगुट अन्त्य गर्नुपर्छ: नेता केसी

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र रहेको गुट उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्। रसुवा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टीभित्रको गुट तथा उपगुटका कारण पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो हुनुपरेको बताए ।

अबका दिनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । अब पनि पार्टी संस्थागत नभए प्रान्तीय र केन्द्रीय निर्वाचनमा कमजोर नतिजा आउन सक्ने नेता केसीको भनाइ थियो । काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ शेर्पाले आउँदो असोज २ गते हुने स्थानीय तह तथा प्रदेश र केन्द्रको निर्वाचनमा पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणा राखे ।