देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस

देशान्तर

काठमाडौं । आज ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस । संघीय नेपाल समृद्धिको आधार ः स्तरिय शिक्षा सवैको अधिकार भन्ने नाराका साथ शिक्षा दिवस मनाउन लागिएको छ । नेपालमा विसं २०२८ सालमा पहिलोपटक ‘शिक्षाको पारिलो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवस मनाइएको हो ।

यसैबीच अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट घोषित शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरण कार्यक्रम स्थगन भएको छ । पुरस्कार छनोटबारेको रिट निवेदनमा पुनरावेदन उच्च अदालत पाटनले बुधबार कार्यक्रम स्थगन गर्न अन्तरिम आदेश दिएपछि शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा तय भएको विद्यालय पुरस्कृत गरिने समारोह स्थगन भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो ।

अर्काे सूचना नआएसम्म सो पुरस्कार स्थगन भएको हो । उक्त कार्यक्रम दिवसको मूल कार्यक्रम हो । दिवसका दिन बिहान राष्ट्रपतिबाट प्रदान गरिने विद्याभूषण प्रदानको कार्यक्रम भने यथावत् छ ।