देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनबाट चुनाव लड्ने पुष्पकमलको उदघोष

देशान्तर

भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन्। प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफु चितवनबाट चुनाव लड्ने निर्णय पार्टीको बीरगञ्ज बैठकले गरिसकेको खुलासा गरे ।

उनले भने– ‘चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु। म समग्र देशको अनुभव लिएर चितवन आउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ। यसको दीर्घकालिन विकासको गुरुयोजना बनाउँदैछु ।’

उनले भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनका लागि आफुले चीनियाँहरुसँग पनि कुरा गरेको समेत जानकारी गराए । दाहालले कांग्रेसको सहयोगमा छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर चुनाव जिताएका छन् ।