देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गीतकार देव बज्राचार्यको निधन

देशान्तर

काठमाडौं । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

काठमाडौं ओमबहालमा जन्मिएका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायतका कलाकारले स्वर तथा संगीत दिएको छ । केही रचनामा भने उनी आफैले स्वर दिएको छ ।

एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् ।