देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेशमा उत्साहजनक मतदान, ७० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान

देशान्तर

काठमाडौं । प्रदेश २ का ८ जिल्लामा आज सम्पन्न स्थानीय तहको निर्वाचन प्रतिशत ७० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। बिहान ७ बजेदेखि अपरान्ह पाँच बजेसम्म भएको मतदानमा ७० प्रतिशतभन्दा बढी मत खसेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगरपालिका ७ उपमहानगरपालिका ७३ नगरपालिका र ५३ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न निर्वाचन भएको हो।

निर्वाचनमा सहभागीका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य थिए। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ।

मतपेटिका मतगणनास्थल तर्फ लैजाने काम सुरु भएको छ। आजै सर्वदलीय बैठक बसेर सम्भव भएका ठाउँमा आजदेखि नै मतगणना सुरु गरिने आयोगले जनाएको छ।

मतदान सकिएको घोषणासहित मतदान अधिकृतले सील लगाउने, मतपेटिका बाहिरका मतपत्र खामबन्दी गर्ने, मतपेटिका सुरक्षासहित मतगणनास्थल लैजाने लगायतका प्रकृया सुरु भइसकेको छ। निर्वाचन आयोगले सात दिनभित्र सबै तहको मतपरिणाम आइसक्ने जनाएको छ।