देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगंज महानगरको मध्यरातसम्म गनिएको १६०० मतमा कांग्रेस अगाडि

देशान्तर

वीरगंज । वीरगंज महानगरपालिकाको मंगलबार दिउँसोदेखि सुरु भएको मतगणना मध्यरातमा १६ सय मत गनिसक्दा नेपाली कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन्। वडा नम्बर १, २, ३, ३१ र ३२ का १६ सय मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले ४४६ मतका साथ अग्रता लिएका हुन्।

यसअघि अग्रता लिइरहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंह भने दोस्रो स्थानमा पुगेका छन्। उनी ३८० भोटका साथ अजयलाई पछ्याइरहेका छन्।

संघीय समाजवादी फोरमका अजय सरावगीको मत २४३ रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारीले १७६ मत ल्याएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको १२० मत रहेको छ भने एमालेका बसरुद्दिन अन्सारी ८८ मतमा छन्।

प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।