देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्याटलोनिया स्वतन्त्रता घोषणा ‘केही ढिला’

देशान्तर

बीबीसी । क्याटलोनियाबाट आएका खबरहरुका अनुसार त्यहाँको क्षेत्रीय सरकारले स्पेनबाट आफू स्वतन्त्र भएको एकपक्षीय घोषणा गर्नमा केही ढिलाइ गर्नसक्नेछ । गत सप्ताहन्तको जनमत संग्रहयता उक्त घोषणा हुने अपेक्षा गरिएको छ। क्याटलान सरकार स्रोतले मतदानको केही प्रतीकात्मक मान्यता हुनसक्ने तर अहिलेका लागि स्पेनबाट अलग्गिनेबारे निर्णय सुनाउन केही नभएको बताएका छन्।

यसअघि लाखौं जनताले स्पेनबाट क्याटलोनिया अलग्गिनेबारे बार्सिलोनामा विरोध प्रदर्शन गरेका छन्। कम्तीमा ३ लाख ५० हजार मानिसहरु बार्सिलोनामा भएको उक्त विरोध प्रदर्शनमा भेला भएका छन्। उनीहरुले स्पेनी र क्याटलान झण्डाहरु फहराउँदै ुहामी संगै बलियो छौुं र ुक्याटलोनिया पनि स्पेन नै होु लेखिएका ब्यानरहरु बोकेका छन्।

गत साताको स्वतन्त्रताबारेको विवादास्पद जनमत संग्रहपछि क्याटलोनियामा गरिएको यो सबैभन्दा ठूलो र्याली हो। यस्तै खालको र्यालीहरु शनिबार स्पेनभर भएका थिए। धनी मानिएको उत्तर पूर्वी क्षेत्रमा भएको मतदान परिणामले २३ लाख मानिसहरुले भाग लिएको चुनावमा ९० प्रतिशतले स्वतन्त्रको पक्षमा मत खसालेको देखाएको थियो।