देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करेन्ट लागेर वीरगन्जमा सासु बुहारीको मृत्यु

देशान्तर

वीरगन्ज – वीरगन्जको लक्ष्मणवामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवामा आइतबार बिहान करेन्ट लागेर ६० वर्षीया कान्ति देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको मृत्यु भएको हो ।

घरमा रहेको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकल चलाउने क्रममा करेन्ट लागेर सासु बुहारी दुवै जनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ।

दिपावलीका लागि घर सरसफाइ गर्ने क्रममा चापाकलमा पानी लिन गएकी कान्तिदेवीले मोटर चलिरहेका बेला चापाकल चलाउदा करेन्ट लागेर र उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवीलाइ पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवै जनाको मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।