देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोमालिया बम विस्फोटमा ‘कम्तीमा २३० को मृत्यु’

देशान्तर

बीबीसी । सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको बम आक्रमणमा मारिने मानिसको संख्या लगातार बढिरहेको छ ।अधिकारीहरुले बम आक्रमणमा कम्तीमा २३० जना मारिएको जनाएका छन्। अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या बढ्न सक्ने जनाएका छन्।

उक्त घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारण माथि भएको सबैभन्दा खराब आक्रमण भएको प्रष्ट भएको छ।शनिवार जे भयो त्यो अकल्पनीय थियो। मैले यसअघि यस्तो कहिल्यै देखेको थिइन। असंख्य मानिसले ज्यान गुमाए। लाशहरु नचिनिने गरी डढेका छन् ।

अकल्पनीय एउटा मुख्य सडकमा भएको भयानक बम विस्फोटमा सवारी साधनका साथै होटल, सरकारी भवन र रेष्टुराँ लगायतका भवन ध्वस्त भएका थिए। त्यहाँस्थित एउटा अस्पतालका निर्देशक मोहम्मद युशुफ हसनले भने, शनिवार जे भयो त्यो अकल्पनीय थियो। मैले यसअघि यस्तो कहिल्यै देखेको थिइन। असंख्य मानिसले ज्यान गुमाए। लाशहरु नचिनिने गरी डढेका छन्। घटना कसले गराएको हो भन्ने अझै प्रष्ट भएको छैन। सोमालियाका राष्ट्रपतिले तीन दिने शोक घोषणा गरेका छन्।