देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखामा एमालेका सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश

देशान्तर

दोलखा । नेकपा एमाले दोलखा जिल्लाका एक सय जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।  दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन।

दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश गराएको दुई नम्बर प्रदेशका उम्मेदवार केशव चौलागाईंले जानकारी दिए। दोलखाको सुलैङ, फस्कु, दूधपोखरी र काटाकुटीबाट एक सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । देशको आर्थिक विकासका लागि नेपाली कांग्रेस एकमात्र विकल्प भएकाले ठूलो संख्यामा कार्यकर्ता काग्रेसमा प्रवेश गरेको चौलागाईंले जानकारी दिए।

एमाले तथा माओवादीले लामो समयसम्म सरकारका बसे पनि देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन नसकेको आरोप लगाउँदै लामाले भने, ‘देश विकास गर्ने जिम्मा नेपाली कांग्रेसको काधमा आएको छ। यसलाई सारथक बनाउन जनताले साथ दिनुपर्छ।’  प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच पनि ध्रुवीकरण बढेको छ। सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्।