देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७९ किमी मेट्रो रेलको प्रतिवेदन तयार, दैनिक साढे ३ लाख यात्रुलाई सेवा

देशान्तर

काठमाडौं । लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ।

वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो। राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन्।

अध्ययन प्रतिवेदनअुसार काठमाडौं भित्र र धुलिखेलसम्म मेट्रोरेल

–दुवै रुट ७९ किलोमिटरको हुने।

–चार वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने।

–दुवैको लागत ५ खर्ब ३६ अर्ब

–दुवैलाई ३५र३५ मेगावाट विद्युत आवश्यक

–दैनिक साढे तीन लाख यात्रुलाई सेवा (कारोबार दैनिक)