देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुलमान घिसिङको निर्देशन लत्याउँदै प्रमुखहरु

देशान्तर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बार निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् ।

जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन्। केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ ।

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजना स्थलमै बस्न पटकपटक आग्रह गरेको हो।

तर आयोजना प्रमुखहरू त्यस्तो क्षेत्रमा नगइ आफूलाई पायक पर्ने स्थानमा बस्दै आएका छन्। (नागरिक दैनिक)