देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

देशान्तर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी मंसिर २१ गते गर्ने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले बुधवार पत्रकार सम्मेलन गरेर मनोनयनको तयारी पूरा भएको भन्दै निर्वाचनलाई लिएर कुनै द्विविधा नपाल्न आग्रह गर्दै शान्तिपूर्ण रुपमा उम्मेद्वारी दर्ता गर्न आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आ(आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि आह्वान गरे ।

प्रतिनिधिसभाको कूल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।

ती क्षेत्रका लागि कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडि क्षेत्रमा निर्वाचन हुने छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिताको पूर्ण पालना सबैबाट हुने विश्वास व्यक्त गरे ।